५१२. चैते दशैं र राम नवमीको हार्दिक शुभकामना !!!

चैते दशैं र राम नवमीको हार्दिक शुभकामना !!!              

✍️ Me  वसन्तराज अधिकारी साथमा श्रीमतीजी 

धेरै बर्ष पहिलाको एक समयमा ।
यहिँ चैते दशैं  थियो रे ठूलो दशैं ।।
फुर्सदिलो समय राष्ट्रिय महान चाड ।
किन्तु ! जाडो सकिई गर्मीको प्रारम्भ ।।
खानपिनमा भएको हेलचेक्र्याईले गर्दा ।
अकालमा मानिस धेरै मरेछन् विपद पर्दा ।।
हिउँद मास फसल भित्र्याईए पछि ।
मनाइने यो बडा दशैं प्रमुख चाड पर्व   ।।
वसन्त ॠतुको शुभारम्भ भए सँगै ।
कलिला पालुवा मुना पलाउने समय ।।
सारिएछ् दशै, असोज कार्तिक मासमा ।
यश बर्षको चैते दशै चैत पन्ध्र परेकोछ ।।
रिति परम्परा नवरात्र चलिरहेको छ ।
कुनै समयमा यहीँ चैत्रमा महत्वपूर्ण मानिने ।।
ठूलो दशै जस्तैः गरि रमाइलो ताम झाम हुने ।
अहिले सामान्य सुनसान छ रौनक छैन ।।
तथापि ! खानपिनमा मानिस पछि हटदैन ।
नवदुर्गा देवी भवानीको पुजा प्रार्थना ।।
आराध्य शक्ति देवी दुर्गा माताको स्मरण ।
महाष्टमी पर्व पश्चात्  लगत्तै रामनवमी पर्व ।।
मर्यादा पुरुषोत्तम भगवान् श्रीराम बनबास ।
रावण कुम्भकर्णादि दानव वीरहरुको अवसान ।।
युग सन्देश सत्य, न्याय र धर्मको बिजयोत्सव  ।
अधर्म, अन्याय अत्याचार व्यविचारको पराजय ।।
सबैमा होस् सत् ज्ञान, विवेक सदाचारको अभ्युदय ।
नहोस् कहिल्यै कसैलाई महामारी रोग दुर्भिक्षको भय ।।
पुनित पावन नवरात्र विशेष चैते दशै महान पर्व  र
रामनवमी समेतको सबैमा  हार्दिक शुभकामना !!!

✍️ वसन्तराज अधिकारी
घोराही - १७ पनौंरा, दाङ, नेपाल ।
मंगलबार,चैत्र १४, २०७९ शुभम् ।

Comments