५११. वसन्त ॠतु आईसकेछ मित्र ।।

📝 वसन्तराज अधिकारी

वसन्त ॠतु आईसकेछ मित्र ।।
प्रकृति बनाउछिन् रंगीन चित्र ।।
झरि पुराना पलाउँछन् पालुवा ।
सजि मानिस देख्छ नयाँ सपना ।।
वसन्त ॠतु आईसकेछ मित्र ! ।।
उराठ हटदै स्वच्छ प्रकृति खुलेर ।
चरा चुरुङ्गी बन उपवनमा भुलेर ।।
गाएर मीठो कोकिल कण्ठ सुर ।
गीत सङ्गीत  भर्दै रसिलो मधुर ।।
वसन्त ॠतु आईसकेछ मित्र ! ।।
नाच्छन् मयुर रानी बन तिर ।
मृग हरिण जनावर कुदेर ।।
सरि सर्पहरु काँचुली फेर्छन् ।
कलाकार कवि स्वागतार्थ हेर्छन् ।।
वसन्त ॠतु आईसकेछ मित्र ! ।।

दाङ, घोराही

Comments