५०५. पनौंरा, घोराही दाङ

पनौंरा, घोराही दाङ         

तस्बिर : कुलदेवी बिन्ध्यवासिनी र कुलदेवता श्री क्षेत्रपाल
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ 

जीवन उत्तरार्द्ध्को मेरो बासस्थान रह्यो स्वआर्जित यो स्थल ।
जन्मस्थल मजगै मजगाउँदेखि स्थानान्तरित भैआए स्वगौरव ।।


शिव पाञ्चायन देवताको मन्दिर यहीँ निकट रहि छ सर्वविदित  ।
साविक हरिद्वार पञ्चायत हाल घोराही उपमहानगर परिचीत ।।


प्युठानी उदयपुरे अधिकारी बन्धुहरुको क्षेत्रपाल कुलदेवता ।
शिवजी श्रीगणेश विराजमान कुलदेवी बिन्ध्यवासिनी भगवती ।।


पुरानो पनौंरा थारु गाउँ र पहाडी बस्ती मुल सडक दायाँबायाँ ।
नयाँ बस्ती पनौंराडाबर चिरपरिचीत गुलरिया जोडिएको याहाँ ।।


उत्तरतर्फ नेपाली सेनाको बाहिनी र दक्षिण गैह्रागाउँ सम्म रहि ।
पुर्व कट्वा खोला पाण्डवेश्वर सडक पश्चिम गुलरिया बस्तिभै ।।


बिगत एकदशक अवधिदेखि द्रुतगतिमा विकसित हुँदै गाछ यो ।
प्युठानी र दंगाली समेतको समावेशी स्वरुपको समाज बन्यो ।।


खानेपानी बिद्युत सेवा राम्रो छ तर सडक अवस्था जीर्ण छ ।
स्थानीय तह र प्रदेश सरकारको यतातिर होस् ध्यान केन्द्रित ।।


जेठो त्रिभुवन विश्वविद्यालयको आङ्गिक महेन्द्र क्याम्पस रहि ।
कृष्णसेन प्राविधिक शिक्षालय र मदन भण्डारी कलेज यहीँ ।।


टाढा छैन घोराही बजारदेखि निकटतम आनन्द शान्तिस्थल ।
जन्मस्थल तुलसीपुर उपमहानगर मजगैं घोराही पनौंरा घर ।।


घोराही सत्र नम्बर वडा कार्यालय कट्वाखोला पारि चौघेरा छ ।
विगत बाह्र बर्षदेखि यहीँ रहि भयो मेरो स्थायी आश्रय स्थल ।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ ।
शनिबार, फागुन २०, २०७९ तदनुसार March 4, 2023


Comments