५०२. शिव संकल्पSस्तु ।।

महाशिवरात्री २०७९ को शुभ अवसरमा सम्पुर्ण प्राणिहरुमा कल्याण होस् हार्दिक शुभकामना !!!  

✍️ वसन्तराज अधिकारी 

शिव संकल्पSस्तु ।।                                                               

शिवोSहम् ! शिवोSहम्  !! ।
म नै शिव स्वरुप हुँ ।।
कसरी कस्तो आश्चर्य ।
शिव शक्ति को अंश ।।१।।

प्रत्येक प्राणी शिव स्वरुप ।
त्यसैले महाशिवरात्री हुन्छ ।।
सत्यम्  शिवम्  सुन्दरम् ।
असतोमा सत् गमय ।।२।।

चार रात्रि छन् हिन्दुका ।
कालरात्रि मोह रात्रि ।।
शिव रात्रि सुख रात्रि ।
तमसोमा ज्योर्तिगमय ।।३।।

नकारात्मक अर्थ संहार ।
सकारात्मक हुन्छ कल्याण ।।
मृत्यु नै पुनर्जीवन हो ।
मृत्योमा अमृतोद्गमय् ।।४।।

माताश्च पार्वती देवी ।
पितादेवो महेश्वर ।।
बान्धवा शिव भक्तानां ।
स्वदेशं भुवनत्रयम् ।।५।।

शिव संकल्पSस्तु ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ

Comments