४९८. चित्र र चरित्र

चित्र र चरित्र

✍️ वसन्तराज अधिकारी
                 घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

छवि जस्ताको तस्तै आवरण
अन्तर्निहित चित्र बन्छ ।
व्यक्तित्व गुणधर्म अस्तित्व
साररुप चरित्र भनिन्छ ।।
हजार शब्दले व्यक्त गर्न नसक्ने
केवल एक चित्रले गर्दछ ।
धन पैंसा, स्वास्थ्य भन्दा उत्तम
व्यक्तिको चरित्रले लिन्छ ।।
चित्र प्रविधिको विकाससँगै
उत्कृष्ट आधुनिक बन्दछ ।
चरित्र संस्कार र संस्कृतिसँगै
नजानिदों गरि बदलिन्छ ।।
राष्ट्रियता स्वाभिमान आफ्नोपन ।
स्वत्व र स्वअस्तित्व मै छ जीवन ।।
अदुरदर्शी नेतृत्व खिईदै गैरहेछ ।
विदेशी शक्ति सामु आत्मसमर्पण ।
जनशक्ति अवश्य  शक्तिशाली हुन्छ ।।
राष्ट्रको हित भलोको शुभ कार्यमा ।
चित्र र चरित्र प्रभावशाली बन्छ ।।

🙏 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल ।

Comments