४९७. स्वस्थान आफ्नै मातृभूमि घोराही पनौंरामा आई ।।

स्वस्थान आफ्नै मातृभूमि घोराही पनौंरामा आई ।।         

✍️ वसन्तराज अधिकारी
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

म जन्मेको ठाउँ मजगैं आहा प्रिय् थ्यो मलाई ।
ठिकै भाछ ऎले स्वस्थान घोराही पनौंरामा आई ।।
सकेसम्म काठमाण्डौं शहर नसकेसम्म घोराही ।
रहि उद्देश्य यस्तो घर परिवार भित्रको हाई हाई ।।१।।

पहिला बसाइँसराइ गरे आई सहोदर आमा र भाइ ।
सुविधा सयल पुर्ण कति हुनगयो  घोराही आई ।।
श्रीसम्पत्ति जग्गा दाङ मजगैंमा काठमाण्डौं बसाइँ ।
फ़ेरि एक्लिएको सरि महसुस हुन पनि गो मलाई ।।२।।

आफ्नै थात थलो निवृत्त भइ अब म बसे रमाई ।
घर बाँस परिपाटी मिलाउन जीवनभरको कमाई ।।
सन्तान हुर्काई राजधानी शहरमा पढाइ बढाई ।
विवाहा आदि कर्म कर्तव्य पालन गरिदि सकाई ।।३।।

यहीँ जन्मी हुर्की पढेको बढेको प्रिय लाग्छ ठाउँ ।
यथार्थका चित्र ह्रदयमा छाती चिरेर कसरी देखाउँ ।।
आमा सरि मातृत्व धरतीको सुवास सुगन्ध पाउँ ।
श्रद्धेय पित्री र पुज्यनिय मातृको गुणगान गाउँ ।।४।।

राष्ट्र सेवा स्वदेश नेपाल  घुमिफिरी र विदेश सारा ।
अन्ततः प्रिय् लाग्ने सदैव आफ्नै पाखा पखेरा ।।
आफै भित्र नियालि गहनता खोज्नु र हाँस्नु रमाई ।
स्वस्थान आफ्नै मातृभूमि घोराही पनौंरामा आई ।।

🙏 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ नेपाल ।

Comments