प्रजातान्त्रिक संस्कार र आम निर्वाचन

त्रिहत्तरौं प्रजातन्त्र दिवस र सातौं  निर्वाचन दिवस २०७९ को शुभ अवसरमा सम्पुर्ण प्रजातन्त्र प्रेमी जनमनहरु हार्दिक शुभकामना !!!

प्रजातान्त्रिक संस्कार र आम निर्वाचन              

✍️ वसन्तराज अधिकारी

प्रजातान्त्रिक संस्कार  हाम्रो जीवन पद्धति
निर्वाचन पद्धतिमा रम्छ हाम्रो मनस्थिति ।
हटेका छैनन् हामी माझ यहाँ अझै पनि
विकृति विसंगति र छैन समुन्नत जीवनशैली  ।।

सभ्यता र बिकासको जननी हो कुन ?
प्रजातान्त्रिक  र सुसभ्य जीवनयापन  ।
रितिस्थिति परिपाटी शासन प्रशासन
उत्कृष्ट बन्दै जानुपर्ने हो नि दिनानुदिन ।।

सहिदको त्याग बलिदान तपस्याको फ़ल
जनताको सुख शान्ति अमृत जीवनजल ।।
आर्थिक विकास समृद्धिको दृष्टान्त प्रण
प्रजातान्त्रिक जीवनशैली अब गर्नुपर्छ पुर्ण ।।

निर्वाचनमा सबैं सधैं सँगै भन्ने मुल नारा
राष्ट्रियता जनजीविका नै हुन् हाम्रा प्यारा ।
सार तत्व जीवनमा हुन् राष्ट्रियता गुन धर्म ।
सदैव गर्नुपर्छ  दृढ़ अठोट लि उत्तम कर्म ।।

आज त्रिहत्तर औं प्रजातन्त्र दिवस र
सातौं राष्ट्रिय निर्वाचन दिवस मनाउँदा ।
सबै प्रजातन्त्र प्रेमी र वालिग आम मतदाता
हर्ष साथ अर्पण गर्छु हार्दिक शुभकामना  ।।
……………

✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी
हाल : स्वनिवास घोराही, दाङ ।

Comments