५०१. ॠतु - चक्र "शिशिर"

ॠतु - चक्र "शिशिर"

✍️ वसन्तराज अधिकारी
      घोराही, दाङ, नेपाल 

हिउँदको समय फ़ेरि आयो ।
उग्र जाडो भने हटदै गयो ।।
गर्मीका सुक्ष्मतम् संकेत ।
हुनुपर्छ है हामी सचेत ।।१।।

प्रकृति उराठ भाकी छिन् ।
श्रिङ्गार रहित नारी समान ।।
इन्द्र महाराज रिसाए कि ।
हिउँदे वर्षा भएन यस्पाली ।।२।।

भोजन पश्चात् उग्राएझैं ।
अमन चयन छ धराधर्तीमा ।।
फ़ेरि वसन्त आउँछ घुमी ।
तथापि परिवर्तन केछ र हुनि ।।३।।

उहीँ पुरानै राजनीति शासक ।
उहीँ पुरातन पद्धति प्रशाशक ।।
जनताको स्तर छ जहाँको तँही ।
यथास्थितिमै रमाउने त हो नि ।।४।।

ॠतु चक्र निरन्तर चलिरहन्छ ।
प्रकृति प्रेममा स्वतस्फूर्त खेलिरहन्छ ।।
विडम्बना ! नाटक मञ्चन हुन्छ याहाँ ।
थिएटर र दर्शक बिना चलिरहन्छ ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।

Comments