४९४. मैन्हा माघ भयो वसन्त ॠतु सरी गर्मी बढेको छ हो ।

मैन्हा माघ भयो वसन्त ॠतु सरी गर्मी बढेको छ हो 

✍️ वसन्तराज अधिकारी

मैन्हा माघ भयो वसन्त ॠतु सरी गर्मी बढेको छ हो ।
वर्षात्  शुन्य भइ किसान सबमा नैराश्यता जन्मियो ।।
                             ।।१।।
हिउँदे फसल पाखा खेतबारीमा मृत प्रायः झै देखियो ।
ज्यादै दिक्क लागेर जानी नजानी यो कविता पस्कियो ।।
                            ।।२।।
जाडो भैन यहाँ गर्मीका जकेट र स्वीट्रर कोट थन्किए ।
कृषकका मेहनत पसिना जगतमा हिम्पात बनी बर्सिए ।।
                            ।।३।।
खेतीमा यति बिघ्न नोक्सान भैरहेछ आधा नउठने भई ।
निरीह किसानका दु:ख कथा अन्तहिन शृङ्खला भए ।।
                            ।।४।।
न त पाउँछ मल बीउ उचित समयमा सिचाइको सुविधा ।
मौसम परिवर्तनको चपेटामा पीडित जनका साँचो कथा ।।
                             ।।५।।
अन्नदाता पिता किसानकै दु:ख भए राष्ट्र उठने कसरी ? ।
निर्यात वृद्धि गरि आयात प्रतिस्थापन होला अब के गरि ।।
                             ।।६।।
सरकार मस्त छ गठबन्धनमा जकडिई नाम मात्रको भयो ।
कुर्सी प्राप्ति खेल ध्याउन्न सरकारजी अलमल्लमा अल्झियो ।।
                                 ।।७।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बुधबार, माघ १८, २०७९

Comments