४९३. रहेछ शाश्वत जन्म जीवन र मृत्यु ।

रहेछ शाश्वत जन्म जीवन र मृत्यु ।

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

म जन्मनु पुर्व थियो यो सृष्टि
तथापि तिनमा अगम्य दृष्टि ।।
कण मै त मिल्छ परन्तु ठुलो
प्रारब्ध कर्म सब तत्व भुल्यो ।।
अज्ञानमा ज्ञान किन्तु छु अचेत
मिथ्या छ भ्रम बनी एक सचेत ।।
रुदैं जन्मेर अनमोल जीवन पाएँ ।
लिप्सा र भोग स्वार्थमै गुमाए ।।
अनन्त आशा असीमित प्यास
के छ र आफ्नो संसार खास ।।
धन्य छन् बाबुआमा दिएर जन्म ।
अनन्त तृष्णा लिएर यो मनमा ।।
वालक किशोर वय भएर युवा ।
प्रौढ व्यतीत भै बृद्धअबश्थामा ।।
गतिशील चक्रसरी रहेछ जीवन ।
परन्तु मन दिन्दिन बन्दैछ नवीन ।।
कहाँ देखि आएँ पुनः  जानू छ कहाँ ।
यहि सूक्ष्म बोध केहि छैन स्वज्ञान ।।
भोग बासनामा भुलेर अलमस्त भै ।
अमरत्व ठानी मृत्युमण्डलमा रहि ।।
शुद्ध बुद्धभै ह्रदयले नभजेर शिव ।
अनमोल जीवन वृथा भयो व्यतीत ।।
जन्म कर्म र भोग सब अनुभव पाई ।
मृगतृष्णारुपि क्षणिक सुखमा रमाई ।।
मृत्युको भय त्रासले गाँज्नेछ फ़ेरि ।
जानुछ एकदिन नयाँ संसार हेरि ।।
सक्तिन लेख्न नबुझेर कर्म कर्तुत ।
रहेछ शाश्वत जन्म, जीवन र मृत्यु ।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
मिति: आइतबार,माघ १५, २०७९ शुभम् ।

Comments