४९१. अंग्रेजी नयाँ बर्ष २०२३ शुभारम्भ, राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस !!!

अंग्रेजी नयाँ बर्ष २०२३ शुभारम्भ, राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस !!!                    

अंग्रेजी नयाँ बर्ष सन् २०२३ को सप्रेम हार्दिक शुभकामना !!!

सुर्योदय हुनुभन्दा पुर्व ब्रह्ममुहुर्तसँगै
रातको अन्धकार सन्नाटा  सरर चिर्दै ।
उषाको लालित्य मुस्कान छर्दै धर्तीमा
पन्छीको कलरव मृदुल  संगीतका साथ
नयाँ आशा उमंग सञ्चार हर्ष बर्षाउँदै  
आयो टुप्लुक्क अंग्रेजी नयाँ बर्ष २०२३ ।।
                ।।१।।
जेठो वरिष्ठ बिक्रम संवत् इसवी भन्दा
छपन्न बर्ष आठ महिना सोह्र दिन गन्दा ।
तथापि विश्वभरी प्रसिद्धि प्राप्ति रहेको
इस्वी संवत् महत्व गरिमामय थाहै भएको
तिथि मिति एकीन वास्तविक भै प्रचलन
विश्वभाषा अंग्रेजी र इस्वी संवत्  लिखत ।।
                  ।।२।।
चिर परिचीत अपरिचित सबै साथीभाइ
शुभकामना नयाँ बर्षको हाँसी खुशी रमाई ।
सफ़लता प्राप्त होउन् नयाँ कार्य योजना
पूरा हुन् सबै शुभेच्छा असल मनोभावना ।।
मित्रता सद्भाव बढोस् शान्ति समृद्धि छावस्
मित्र त मित्र नै हुन् शत्रुले पनि गुणगान गावस् ।।
                    ।।३।।
सर्वोच्च सगरमाथा राष्ट्रको शिर टोपी शिरपोस
स्वाभिमानी कर्मठ जाती नेपाली हामी वीर ।
मौलिक पहिचान दौरा सुरुवाल कोट टोपी
आफ्नो गौरव बचाई राखौ सदा राष्ट्रभक्त बनि ।।
विश्वभरि फ़ैलिएका नेपाल आमाका सन्तति
जन्मभूमि नेपाल आमाको माया गरौं सके जति ।
                        ।।४।।
मेची महाकाली उत्तर सगरमाथा दक्षिण तराई
कोहि पनि छैनन् संसारमा हाम्रो शत्रु पराई ।।
आफ्नो पौरख निजत्व गौरव राष्ट्रभक्ति गान
आमा नेपालको सेवा राखौं सद्भाव  सम्मान ।।
सुख शान्ति बर्षिउन सदैव समृद्धि  सुभावना 
अंग्रेजी नयाँ बर्ष सन् २०२३ को  शुभकामना ।।
                         ।।५।।
 
✍️ अधिवक्ता वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
आइतबार पुस १७, २०७९ सन् २०२३ आरम्भ


Comments