४९०. राष्ट्रसेवक बहुमुखी सहकारी संस्था, दाङ, घोराहीको २१ औं साधारण सभा : संक्षिप्त जानकारी

राष्ट्रसेवक बहुमुखी  सहकारी संस्था, दाङ, घोराहीको २१ औं साधारण सभा : संक्षिप्त जानकारी                    

राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २१ औं साधारणसभामा सहभागिता हुँदाको अवस्था ❤️🆗🙏

घोराही उपमहानगरको सभाहलमा पुर्व सूचना अनुरुप तोकिएको ठिक समय  पुर्वान्ह ११:३० बजेदेखि  २१ औं साधारणसभा  सुव्यवस्था सभ्य भव्य तरिकाले विधिवत् रुपमा शुभारम्भ भयो ।  संस्थाका सचिव श्री दिनमणि योगीवाट कार्यक्रम  सञ्चालित  सभामा राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाका वर्तमान अध्यक्ष श्री गणेश प्रसाद दहालको सभाध्यक्षतामा अध्यक्षको निर्देशनमा कार्यक्रमको शुभारम्भ भएको थियो । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थालाई शुभकामना आदानप्रदानको कार्यक्रमको प्रारम्भमा कार्य व्यस्तताको कारणले घोराही उपमहानगरपालिका, दाङका नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि  श्री नरुलाल चौधरीले रचनात्मक  सल्लाह  सुझाव दिदै शुभकामना सन्देश प्रदान गर्दै सम्बोधन गर्नुभो  साथै वाहाँले २१ औं साधारण सभालाई सफ़लताको शुभकामना प्रदान गर्नुभए पश्चात् वाहाँलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरियो । यसपछि विशिष्ट अतिथि श्री हुकुम बहादुर बस्नेत अध्यक्ष नेकपा एमाले दाङ वाट शुभकामना प्रदान गरि सकेपछि वाहाँलाई पनि  मायाको चिनो प्रदान गरिएको थियो  ।

संस्थाका सचिव श्री दिनमणी योगीवाट २१ औं साधारणसभामा सञ्चालक समितिको तर्फबाट सचिवद्वारा बिस्तृत रुपमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सञ्चालक समितिको तर्फबाट  कोषाध्यक्षको आर्थिक प्रतिवेदन श्री विश्वमाया बहकरीले प्रस्तुत गर्नुभयो । यसैगरी प्रतिवेदन प्रस्तुत गर्ने क्रममा लेखा संयोजक श्री लक्ष्मी अधिकारीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शुभकामना प्रदान कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सहसचिव तथा कार्यकमका अतिथिले शुभकामना दिनुभयो । पेशागत महासंघ जिल्ला कमिटी, दाङका अध्यक्ष श्री खिमबहादुर डाँगीले संक्षिप्त शुभकामना प्रदान गर्नुभयो ।

सम्मान कार्यक्रम

१. जेष्ठ सदस्य ॠषिराज रेग्मी (जन्म मिति बि.सं.२००८ साल)
२. असल ॠणि श्री श्री टिकाबहादुर के.सी. र रेवा रावत डाँगी
३. कलाकार श्री मानबहादुर बिष्ट
४. शेयर सदस्यका सन्तति उत्कृष्ट सामुदायिक र संस्थागत बिद्यालयका छात्र छात्रालाई नगद रु.२१००/- सहितको प्रमाणपत्र र सम्मान कार्यक्रम ।

शुभकामना मन्तव्यका क्रममा पेशागत महासंघ, दाङका श्री श्याम कुमार आचार्यवाट शुभकामना मन्तव्य प्रदान गर्नुभयो । वाहाँलाई मायाको चिनो प्रदान गरियो ।  जिल्ला सहकारी संघका उपाध्यक्ष श्री अनिलकुमार पौडेल वाट कर्मकाण्ड गरे जस्तो नगरेर रचनात्मक गर्ने यस्तो तरिका स्थापना दिवसमा गर्ने, साधारण सभा असोज महिना भित्र गर्ने समेतको  सुझाव सहित शुभकामना सन्देश प्रदान गर्नुभयो । निजामती कर्मचारी संगठनका श्री रेवन्त गौतमवाट प्राप्त शुभकामना सन्देश संस्थाका सचिव श्री दिनमणि योगीवाट वाचन गरेर सुनाईएको थियो ।

कार्यक्रमको अन्त्यमा उदघाटन सत्रका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितिका श्री अवधिप्रसाद साहवाट सारगर्भित मन्तव्य सहित शुभकामना प्रदान गर्नुभयो । प्रमुख अतिथिलाई मायाको चिनो अध्यक्ष श्री गणेशप्रसाद दाहालले  प्रदान गर्नुभयो । यसैगरी गोकर्ण वली, किरण अधिकारी , खिमबहादुर डाँगी , शेरबहादुर के.सी. , नेमकुमार न्यौपाने, सानुनारायण अधिकारी, अमरराज शर्मा, मुकुन्दप्रसाद भट्टराई, अनुपकुमार शर्मा, प्रतिनिधि नयाँ युगबोध राष्ट्रिय दैनिकका श्री गोविन्द खड्का, सहिद गोविन्द शर्माकी धर्मपत्नी श्री बिष्णु शर्मा  समेतलाई  मायाको चिनो प्रदान गरियो ।  यश पश्चात् पहिलो सत्रको कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिसहित सम्पुर्ण शेयर सदस्य महानुभावमा बिशेष हार्दिक  धन्यवाद सहित पहिलो  उदघाटन सत्रको कार्यक्रम समापन भयो ।

टिपोट लेखन
बसन्तराज अधिकारी
शेयर सदस्य नं. ३०७
मिति : शनिबार, पुस १६, २०७९

Comments