४८९. समसामयिक - राजनीति

समसामयिक - राजनीति


                          ✍️ वसन्तराज अधिकारी
                         घोराही - १७ पनौंरा, दाङ, नेपाल

सैद्धान्तिक सोंच बैचारिक धारा
सक्षम सांगठनिक कार्यकुशलता ।
जन सेवा सुविधा सक्षम नेतृत्व
परन्तु ! सार तत्व भोगको अपेक्षा ।
अन्ततः सत्ता प्राप्तिको लिप्सा ।।

                ।।१।।
मुल्यहिन छैनन् राजनीति कुरा
मूल्य सापेक्ष हुन्छन् पूरा पूरा ।
राजनीतिले त्यल्लाई सहायता गर्छ
जस्ले आफ्नो सहायता आफै गर्छ ।।
ईश्वरलाई पनि धोका दिन सक्ने
सामर्थ्य राख्छ स्वार्थी राजनीतिले ।।
                 ।। २।।

कुकुर र बिरालाको मेल - गठबन्धन
हुदोरहेछ सम्भ्रान्त सत्ता राजनीतिमा ।
जनताको नाममा राजनीति गर्छन्
आफ्नै पारिवारिक वृत्ति बनाउँछन् ।।
साम दान दण्ड भेद सबै कौटिल्यता
गलारेट धुर्त मेकियाबेली चतुर्‍याइँ ।।
                 ।।३।।

साम्यवाद पुँजीवाद सर्वहारा वर्गिय हित
यी सबै केवल  हात्तीको देखाउने दाँत ।
भनाई छ नि दाइ त काले भाइ पनि काले
हामी दुबै काले काले मिलेर खाउ भाले ।।
नभै पनि नहुने सत्ताको फ़ोहोर खेल
कति हो कति षड्यन्त्र दाउँपेच जाल झेल ।।२
                 ।।४।।
…………………

Comments