छोराको शुभ बिबाह र सबैलाई कृतज्ञता 🙏
आमाको साथमा हामी बुढाबुढी ❤️ |
आमाको काख
अरुको लाख
अनवरत बर्षन्छ
शुभआशिर्वाद ।।१।।
जेठो नातिको
शुभ विवाह ।
सुसम्पन्न भयो
हर्षका साथ ।।२।।
आफन्त इष्टमित्र
शुभेच्छुक मिलन ।
मंसिर २७ शुभदिन
बिशेषको शुभ बिबाह ।।३।।
जीवनमा एकपल्ट
हुने अनिवार्य संस्कार ।
प्रेम मिलन इष्टमित्र
संस्कृति सदाचार ।।४।।
बिबाह दाम्पत्य जीवन
हिन्दु संस्कार परिपालन ।
पारिवारिक एक्यवद्धता
हर्ष खुसीमा व्यतीत दिन ।।५।।
अब स्मृतिमा पल पल
आउँछन् याद झल्झल ।
पुनः२असीमित आशीर्वाद
पोखिन्छन् छताछुल्ल ।।६।।
बिबाह लमि इन्दिरा फुबु
सालो भाइ नारायण र पुजा ।
छोरी बिपना जुवाई रोहित
काठमाडौ वाट आएका सबै ।।७।।
भाइ बाबुराम बुहारी मालती
बहिनी, जुवाई र छोराछोरी ।
ससुराली मावली भाइबन्धु
इष्टमित्र र निकटस्थ आफन्तजन ।।८।।
तिराम प्युठानका भाउजूहरु
बुहारी, छोराछोरी भाञ्जभाञ्जी ।
जुवाई चेला छरछिमेक नातागोता
बन्धु बान्धव आमन्त्रित सकल ।।९।।
छोटो मीठो चटक्क
बिबाह हो कति छुटे ।
करिव असिजना जन्ती र
डेढसय प्रिती भोजमा जुटे ।।१०।।
घोराही पनौंरादेखी
तुलसीपुर हरिपौरा ।
पण्डित भाञ्जदाइ भट्टराई
पृती भोज टिथ्री पार्टी प्यालेस ।।११।।
बस जीप बैण्डबाजा
सबैलाई सहर्ष धन्यवाद ।
निमन्त्रणामा असमर्थतालाई
पनि दियौं आम माफ ।।१२।।
हाम्रो प्रिय छोरा
सकेर मास्टर्स पूरा ।
सेवाको शुरुआत
पाई सरकारी जागीर ।।१३।।
सत्ताईस बर्षको छोरा
बाईस बर्षको बुहारी ।
सम्धीज्यु बाबुराम आचार्य
सम्धिनीज्यु बिमला ।।१४।।
उत्साह उमंग खुशी
नव बिबाहित जोडि ।
विशेष र सुप्रिया
सुखी हुन् हर घडी ।।१५।।
📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ
सोमबार पुस ४, २०७९ शुभम् ।
Comments
Post a Comment