४८७. तसर्थ तीन बीस पनि बिताउँदैछु अब गोरुको आयु

तसर्थ तीन बीस पनि बिताउँदैछु अब  गोरुको आयु  

📝 वसन्तराज अधिकारी
                                      घोराही, दाङ 

आज फ़ेरि एउटा हाम्रो सत्य शास्त्र सुनाउँछु
जानीनजानी कवितात्मक भावमा गुनगुनाउँछु ।
मानव सृष्टिकालमा परमपुज्य अनादी अनन्त
थिए रे चारै वेदका ज्ञाता चतुर्मुखी प्रजापिता ब्रह्मा ।।
                     ।।१।।
सर्वप्रथम मुस्किल तपले मानिस सृष्टि गरेछन्
त्यसपछि क्रमशः गोरु फ़ेरि गधा र लाटोकोशेरो ।
सबैलाई दामासाहिले बाँडिदिएछन् बराबर आयु
मानिसलाई डबल चालीस अरुलाई बीस बीस ।।
                      ।।२।।
अर्कोदिन भारीसभामा सुझाव माग संकलन गर्दा
मानिस र अरु सबै प्राणी देखिएछन् सारै दु:खी ।
ब्रह्माजीले सर्वप्रथम  मनुष्यलाई सोधेछन् फ़ेरि
हे ! प्रिय  मानव तिमी किन छौ यति धेरै दु:खी ।।
                       ।।३।।
मानिसले रुदै भनेछ ब्रह्मण मेरो आयु कम भो
ब्रह्माजीले सोधेछन् तिमीलाई  कति चाहियो त ।
असन्तुष्ट प्राणी मान्छे भन्छ पिता एकहजार बर्ष
यहि पुर्ण आयु प्राप्त भएपछि मात्र मलाई पुग्छ ।।
                       ।।४।।
धत्तेरीका यो त अचम्मै भयो असम्भव छ गाँठे
एकक्षण ध्यान मग्न भइ अरु प्राणी तर्फ हेरि ।
ए ! के छ हो मलिन गोरु गधा र लाटोकोशेरोहरु
हाम्रो आयु ज्यादै भो हाम्लाई पाँच बर्ष भए पुग्छ ।।
                        ।।५।।
असम्भव असम्भव कस्तो बिचित्र भो मेरो सृष्टि
मनुवा थोरै भएर दु:खी जनावर धेरै भएर दु:खी ।
बुढा बा ब्रह्मा गम्भीर  ध्यानमग्न समाधिस्थ बनि
केहि बेर पश्चात् खुल्यो दुबै नेत्र अत्यन्त कोमल बनी ।।
                       ।।६।।
मेरो अन्तिम निर्णय सुन मनुवा गोरु गधा र उल्लु
आधा आधा घटाईदिए आयु गधा गोरु र उल्लुको ।
थपिदिए मनुवालाई पुराएर पुर्ण आयु सय बर्ष बनाई
हे ! मनुवा !! चालीस पछि पशुकै आयु तैले बिताएछ्  ।।
                       ।।७।।
धन्यवाद भन्दै सबै फर्के आफ्नो काम काजमा आई
यहि सत्य कथा रैछ असन्तुष्ट मानिसको पुर्ण आयु ।
तीन बीस अर्थात् साठीको ढिकढाक पुग्दैछु म अब
तसर्थ तीन बीस पनि बिताउँदैछु अब गोरुको आयु ।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ दाङ
शनिबार, पुस २, २०७९ शुभम् ।


Comments