४८१. जन्मे पछि एक दिन सबले मर्नुपर्छ भने ।

जन्मे पछि  एक दिन सबले मर्नुपर्छ भने ।

✍️ वसन्तराज अधिकारी
         घोराही उपमहानगरपालिका वार्ड नं.१७ दाङ, नेपाल           

जन्मे पछि  एक दिन सबले मर्नुपर्छ भने ।
भ्रष्टाचार लोभ लालच पाप कर्म किन गर्ने ? ।।
जन्मदानी नाङ्गै आयौं मर्दा जाने खाली ।
सक्नुपर्छ व्यतीत जीवन पाप सब पखाली ।।१।।

आफ्नो अर्को धनी गरिब भेदभाव गर्दा ।
आखिर के नै लिई जाने हो र मर्नु पर्दा ।।
चार दिनको जीन्दगानी कर्कलाको पानी ।
हाँस्दै खेल्दै बित्यो बालापन र जवानी ।।२।।

प्रौढ हुँदै बृद्धअबश्था सम्म पुग्दा खेरि ।
कति आफू भन्दा साना र छोडी जान्छन् दौँतरी ।।
पानीको फोका जस्तैः रैछ हजुर नश्वर चोला ।
आज मरे भोलि हजुर दुई दिन हुने होला ।।३।।

तर पनि मान्छे पापी लोभी स्वार्थी प्राणी ।
ठान्छ आफुलाई किन संसारकै ज्ञानी ।।
एक पेट पाल्न एक्सरो लाउन किन होला रुनि ।
जन्मे पछि एक दिन सबले मर्नु पर्छ भनी ।।४।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ
बुधबार, कार्तिक ३०, २०७९ शुभम् । 

Comments