४८२. आउनुस् हजुर मंसिर ४ मा मतदान गर्न जाउँ ।।

आउनुस् हजुर मंसिर ४ मा मतदान गर्न जाउँ ।।

Me वसन्तराज अधिकारी with My dear श्रीमती यशोदा सुवेदी अधिकारी, घोराही, दाङ, नेपाल । 

आमा बाबु दाजुभाइ दिदीबहिनी सबै आउ ।
संघीय र प्रदेश को मतदान गर्न जाऔं ।।
विधायक चुन्नुपर्छ नीति कानुन निर्माण गर्न ।
युवा सक्षम नेतृत्वलाई हामीले जिताऔं ।।
                      ।।१।।
अठार बर्ष उमेर पुगि वालिग मतदाता ।
निर्वाचन आयोगको परिचयपत्र साथ ।।
आफ्नो नजिकको मतदान केन्द्र जानू ।
हाम्रो होईन राम्रो उम्मेदवार लाई पर्छ चुन्नु ।।
                      ।।२।।
हाम्रो मत सहि ढंगले सदुपयोग होस् ।
पाँच बर्षको लागि योग्य  नेता चुनियोस्  ।।
कुन दल कुन उम्मेदवारले गर्छ बिकास ।
आफ्नो ठाउँको बिकासमा दिन्छ सहि निकास  ।।
                        ।।३।।
निर्वाचन लोकतन्त्रको प्राण वायु हो  ।
सहि मतदान भए हाम्रो भाग्य कोरिने हो ।।
स्वच्छ स्वतन्त्र निष्पक्ष भयरहित वातावरण ।
आफ्नो अमुल्य मतको सदुपयोग गर्ने गरौं ।।
                           ।।४।।
लोभ लालच प्रलोभनमा कहिल्यै नभुलौं ।
राष्ट्रलाई शिरमा राखी आफ्नो मतदान गरौं ।।
यो निर्वाचनले संघ र प्रदेश सरकार बन्छ ।
हाम्रो दैनन्दिन कामकाजमा सहयोग हुन्छ ।।
                           ।।५।।
राष्ट्रिय पर्व नै हो आवधिक निर्वाचन हाम्रो ।
समावेशी महिला मैत्री बनाउँ चुनाव राम्रो ।।
खबरदारी गर्नुपर्छ राजनीतिक प्रतिस्पर्धा भित्र
यसैमा देखिन्छ सिङ्गो नेपालको मानचित्र ।।
                           ।।६।।
निर्वाचन आयोग, नेपालको परिचयपत्र बोकि ।
स्वस्तिक छाप राम्रो उम्मेदवारलाई ठोकी ।
राष्ट्रिय चाड निर्वाचनमा सहभागीता ल्याऔं
आउनुस् हजुर मंसिर ४ मा मतदान गर्न जाउँ ।।
                        ।।७।।

✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी, बाँके
अन्तर्गत निर्वाचन आयोग, नेपाल
हाल : घोराही उपमहानगरपालिका  १७ दाङ, नेपाल ।
बिहीबार, कार्तिक  १ , २०७९

Comments