४८३. पछुताउनु पर्ने छैन फ़ेरि आउँदो पाँच बर्ष भरी ।।

पछुताउनु पर्ने छैन फ़ेरि
आउँदो पाँच बर्ष भरी ।।   

📝 वसन्तराज अधिकारी  
                  पुर्व क्षेत्रीय निर्वाचन अधिकारी, निर्वाचन आयोग, नेपाल  स्वनिवास:  घोराही उपमहानगरपालिका, दाङ नेपाल                    

धेरैले भन्छन् "नो नट अगेन"
नयाँ नेतृत्व चुन्नु पर्छ भन्ने ।
के नै ग्यारेन्टी छ र याहाँ फ़ेरि
नयाँ नेता राम्रो बन्छ भन्ने ? ।।
             ।।१।।
जनताको सच्चा सेवक नेता
जनअभिमतले देखाउँछ ।
बफादार नोकर त नयाँ भन्दा
पुरानै "ओल्ड इज गोल्ड" राम्रो हुन्छ ।।
                ।।२।।
समाजको प्रतिबिम्ब हुन्छ भन्छन्
राजनीतिको दृश्य - चित्र ।
पुरानै बोतलमा भर्ने नयाँ रक्सी
यथास्थिति शासकीय संरचना मार्गचित्र ।।
                   ।।३।।
फ़ेरि पनि गर्ने गरौं कामको
समुचित मुल्यांकन यै घरी ।
पछुताउनु पर्ने छैन फ़ेरि
आउँदो पाँच बर्ष भरी ।।
                     ।।४।।
………………°°°°°°°………………

Comments