४७९. लौ है जनता जनार्दन राज नेता चुन्ने दिन आउँदैछ मंसिर चार ।

लौ है जनता जनार्दन राज नेता चुन्ने दिन आउँदैछ  मंसिर चार ।

✍️ वसन्तराज अधिकारी, दाङ, घोराही 

निर्वाचन आयोग र पुरै राज्य संयन्त्र  अहिले  खटिएका छन् ।
राजनीतिक दल र स्वतन्त्र पार्टीहरू पनि हौसिएका छन् ।।
सबले आफ्नो आफ्नो जित सुनिश्चित स्वघोषणा गर्ने गर्छन् ।
लुछाचुडी भागबन्डामा  दलेहरु चुनावी  मैदानमा भिडदैछन् ।।
                            ।।१।।
जताततै चुनावी रौनक रंगमञ्च नारा बाजि घन्काउँदै गीत ।
यहि रैछ परम्परा प्रचारप्रसार शैली पनि लोकाचारको रीत ।।
नाङ्गा बाबा हुन् यिनी जुन जोगि आए पनि कानै चिरेका छन् ।
नयाँ जोगी भन्दा सत्ता स्वादमा पुराना झन हदै गिरेकाछन् ।।
                            ।।२।।
कोहि एकलकाँठे भाछन् कोहि सत्ता गठबन्धन तिर गाछन्  ।
आफ्नो आफ्नो डम्फु आफै खुब मजाले बजाका बजै छन् ।।
यै मौकामा स्वतन्त्र झन खहरे भेल झै उर्लि उर्ली आका छन् ।
बिना टिकट बिना पैसा फ्वाँस्सैमा नाटक खुब देखाकाछन् ।।
                             ।।३।।
श्रीमान् न्यायाधीशको कुर्सीमा जनता जनार्दनको हुन्छ राज ।
यहीँ मंसिर चारको दिन झ्याँई२ बजाउने हो यिनको बाजा ।।
बुझ्न सकेको खै सार्वभौम नागरिकको अमुल्य मतको भार ।
सुन्नु भाछ होला जुन छ चोर उस्को झन झन् ठुल्ठुलो स्वर ।।
                            ।।४।।
निष्पक्ष भै डर त्राश भय लोभ लालच नराखेर कुनै पनि द्वेष ।
स्वच्छ सफा मनले नगरेर कुनै पनि आग्रह पुर्वाग्रह रिस राग ।।
चुनौ आफ्नो सेवक जस्ले बोक्छ सदैव हामी जनताको भार ।
लौ है जनता जनार्दन राजनेता चुन्नेदिन आउँदैछ मंसिर चार ।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ ।
मंगलबार, ९ मंसिर, २०७९

Comments