४७३. स्वच्छन्द कविता - धारा यस्तै रित्ले एक्दिन हुन्छ प्रजातन्त्रको नै अन्त

स्वच्छन्द कविता - धारा
यस्तै रित्ले एक्दिन हुन्छ प्रजातन्त्रको नै अन्त     

📝 वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

असारमा हुने बर्षा
असोजमा झरी परि ।
विपत्तिका घटनाक्रम
बढे अति खती ।।१।।

जनता भन्दा नेता ठुला
आफू आफै गठबन्धन ।
जिताउँ फ़ेरि पटमुर्खलाई
ल्याउनेछन् भय क्रन्दन ।।२।।

राज्य सत्ता सामर्थ्य सब
मुठी भरी गरि बन्द ।
यसरितले एकदिन हुन्छ
प्रजातन्त्रको नै अन्त ।।३।।

२. बोल्नु भन्दा मौन उत्तम

अल्प ज्ञानी विद्वान बन्ने
अज्ञानी हुन्छन् पण्डित ।
त्यस्तो शासन जहाँ हुन्छ
बुद्धिजीवी पर्छन् दण्डित ।।१।।

कहाँ छैन चाप्लुसी र
चाकरी यो संसारमा ।
जस्ले यस्को बिरोध गर्छन्
झन झन चाकरी बाजमा ।।२।।

अर्काको गुण सब दोष
आफ्ना दोष सबै गुण ।
मपाईत्व जड अहंताका
शिरोमणि गर्छन् शासन ।।३।।

३. तपाईं क्वै छैन याहाँ सबै आफै मपाई छ ।

अति स्वतन्त्र भन्दा त
राम्रो हुने थोरै बन्धन ।
धेरै बन्धन भएपछि पनि
उठद्छन् जन-विद्रोह क्रन्दन ।।१।।

जनता भन्दा नेता ठूलो
नेता भन्दा व्यापारी झन ।
कालीनाग जस्तैः गरि
भ्रष्टाचारी छन् सनरन ।।२।।

मुर्खको हातमा सत्ता
बोलबाला रजाइँ छ ।
तपाईं क्वै छैन याहाँ
सबै आफै मपाई छ ।।३।।

४. बिरालोको घाँटीमा घण्टी झुंडाउने को अघि सरि ?

अति दम्भ गरि कुशासन              
राणाको ढल्यो शासन ।               
भित्र र बाह्य द्वन्द्वमा फँस्दा            
अन्त भयो शाही - शासन ।।१।।     

एकको एक काल हुन्छ       
अन्तको घडी आउँदा ।
समय बितेपछि के गर्नु ?
अन्तमा पछुताउँदा ।।२।।

भ्रष्टाचार र कुशासनको                 
जरो व्याप्त छ राज्यमा ।               
जो भन्छ म त हुँ स्वच्छ                
झन त्यो भ्रष्टको दलदलमा ।। ३।।   

जसको हातमा जे छ
त्यसैमा भ्रष्टता गरि ।
बन्न खोज्छ सधैं बाँच्ने 
मै मात्र हुँ अजम्मरी ।।४।।

देखाउँछन् सबले राज्य
गैह्र राज्य झन मन्परी ।
बिरालोको घाँटीमा घण्टी
लगाउने को अघि सरी ।।५।।

✍️  वसन्तराज अधिकारी
      घोराही, दाङ ।
शनिबार, असोज २२, २०७९ शुभम् ।


Comments