४७१. बत्ती नहुँदा जन्मेका मेरा दुई कविता

बत्ती नहुँदा जन्मेका मेरा दुई कविता     

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

१. बिजुली बत्ती नहुँदा  ।

घर कोठा चोटा अँध्यारो भयो ।
ईन्टरनेट पनि अफ भयो ।।
खानेपानी ट्याङ्कीमा पानी भर्न
पानी मोटर पनि बन्द भयो  ।
मोबाईल चार्जको अभावमा मोबाईल बन्द ।।
मोबाईल वाट सम्पादन हुने  फ़ोन लगायत ।
सम्पुर्ण कार्य बन्द भएको अवस्था ।।
चार्जको अभावमा रेडियो बन्द ।
रेडियोको अभावमा खबर पनि बन्द ।।
तथापि
मैन बत्ती बालेर खानपिन सम्म बन्द भएन ।
धारावाट पानी ल्याएर भएपनि जेनतेन ।।
भात भान्सा हात मुख जोर्नु सम्म चालू ।
भात भान्सा चालू भएपछि जसरी भएपनि ।।
शौचालय प्रयोग सम्म त जानै पर्ने भयो ।
अब के काम भयो र टन्न खायो मस्त सुत्यो ।।
बत्ती नभए न शोक न सुर्ता न भोक न भकारी ।
अब आफै बिचार गर्नुस् न त बत्ती कति छ जरुरी ।।

२. बत्ति नभए कविजी भैयो ।

कापी र कलम साथ छन् ।
मैन बत्तिको धिपधिपे उज्यालोमा ।।
मजाले कविता फुर्दछ तब ।
कविता बेजोड सँग कोरिन्छ ।।
यसरी कविता कोरेपछि ।
बत्ती आएपछि बिस्तारै फुर्सदमा ।।
सामाजिक सञ्जालमा पोष्टाए भैगो ।
अब तपाईं आफै भन्नुस् त भैयन त कविजी ।।                                                    🚾🙏🚾

Comments