४७२. बिरालोको घाँटीमा घण्टी झुंडाउने को अघि सरि ?

बिरालोको घाँटीमा घण्टी झुंडाउने को अघि सरि ?

📝 वसन्तराज अधिकारी, घोराही, दाङ 

अति दम्भ गरि कुशासन              
राणाको ढल्यो शासन ।               
भित्र र बाह्य द्वन्द्वमा फँस्दा            
अन्त भयो शाही - शासन ।।१।।     

एकको एक काल हुन्छ       
अन्तको घडी आउँदा ।
समय बितेपछि के गर्नु ?
अन्तमा पछुताउँदा ।।२।।

भ्रष्टाचार र कुशासनको                 
जरो व्याप्त छ राज्यमा ।               
जो भन्छ म त हुँ स्वच्छ                
झन त्यो भ्रष्टको दलदलमा ।। ३।।   

जसको हातमा जे छ
त्यसैमा भ्रष्टता गरि ।
बन्न खोज्छ सधैं बाँच्ने 
मै मात्र हुँ अजम्मरी ।।४।।

देखाउँछन् सबले राज्य
गैह्र राज्य झन मन्परी ।।
बिरालोको घाँटीमा घण्टी
लगाउने को अघि सरी ।।५।।

✍️  वसन्तराज अधिकारी
      घोराही, दाङ ।
शनिबार, असोज २२, २०७९ शुभम् ।


Comments