४७०. अविरल असोजे झरी बलिन्द्र झरिरहेछ ! मन चसक्क चसकी छाती ढुक्ढुक गरिरहेछ !!

अविरल असोजे झरी बलिन्द्र झरिरहेछ !
मन चसक्क चसकी छाती  ढुक्ढुक गरिरहेछ !!

✍️ वसन्तराज अधिकारी
                                      घोराही, दाङ 

आकाश एकनास गड्याङ गुडुङ्ग गड्किरहेछ ।
बिजुलि बत्ति आखा झिम्काए जस्तैः आउने जाने गरिरहेछ ।।
समाचारले बाढी पहिरोका दु:खद खबर बताईरहेछ ।
विजया दशमीमा पनि पराजित जस्तैः भै देश दुखिरहँदा मन रोईरहेछ ।।
नदीले खतराको तह नाघिसकेको खबरले ह्रदय द्रवित भै धड्कन बढीरहेछ ।
भिरालो पहाडी भूभाग र बाँके, बर्दिया लगायतका तराई मानसपटलमा नाचिरहेको छ ।।
अविरल असोजे झरी बलिन्द्र झरिरहेछ ।
मन चसक्क चसकी छाती ढुक्ढुक गरिरहेछ ।।

📝 वसन्तराज अधिकारी, घोराही, दाङ 

Comments