४७४. डाँका भन्दा चोरलाई चुन्नु हो हाम्रो बाध्यता ।।

डाँका भन्दा चोरलाई चुन्नु हो हाम्रो  बाध्यता ।। 

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ 

पहिला हेर्नू राष्ट्रिय राजनीतिक दलले
गरेका छन् कहाँ के कति जनसेवा ।
राजनीतिक मुद्दामा जनअभिमत र
जनआवाजको कदर मतदाताको माया ।।

                  ।।१।।

एमाले काँग्रेस र माओवादी खेलाडी दल ।
राप्रपा तराईवादी र अरु ससाना सकल ।।
भरिसक एउटै दललाई दिउँ पुर्ण मत ।
सक्नुपर्छ राष्ट्रहितमा कामगर्ने अठोट ।।

                   ।।२।।

मतदान त हाम्ले आखिर गर्नै पर्ने हुन्छ ।
तर ठुला दललाई मतदिन किन मन रुन्छ ।।
स्वतन्त्र व्यक्तिलाई पनि चुन्न सक्छौ हामी ।
जस्ले गर्छ जनसेवा कर्तव्य  हित भलो ठानी ।।

                  ।।३।।

सचेत र जागरूक भै स्वनिर्णय  गर्नुपर्छ ।
जस्ले अमुल्य आफ्नो मत सदुपयोग गर्छ ।।
पछुताउनु पर्ने छैन फ़ेरि आउँदो पाँच बर्ष ।
शिर ठाडो पारी गर्न सक्नुपर्छ आत्मगौरव ।।

                   ।।४।।

पाँच बर्षमा रह्यो नेकपाको शासन साढे तीनबर्ष ।
बाँकी डेढ बर्षमा परमादेश देउवा गठबन्धन ।
राष्ट्रिय हित सरोकारमा भैन कैल्ये मतैक्यता ।
डाँका भन्दा चोरलाई चुन्नु हो हाम्रो  बाध्यता ।।

                     ।।५।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
बुधबार  २६ असोज,२०७९ शुभम् ।

Comments