४६८. उखान उज्यालो कायाकैरन संकलन

उखान उज्यालो कायाकैरन संकलन 

Me वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

                                           
१. मेला पर्खिन्छ बेला पर्खिदैन ।
२. थाल खानु नभात खानु ।
३. खल्ती भन्दा खाँचो ठूलो ।
४. आशाको त्यान्द्रोले जीवन थाम्छ ।
५. मितको नाता यता न उता ।
६. खुश खानु घुस नखानु ।
७. वरपर जाँदा जुल्फी र फाँट घरमा बस्दा पत्तो न फाँट ।
८. जुक्ति बुद्धिको सामु शक्तिको केहि लाग्दैन ।
९. बाबुले किनेको भैंसी छोराले बाटेको दाम्लो ।
१०.सित्तैमा च्युरा बडा बडा फाँका ।
११. मनको ताईमा फुरौला पाक्दैन ।
१२. दाम दिएर पाएको आशिषको के भर ।
१३. सुने दु:ख नसुने सुख ।
१४. गुन गर्ने बानी गरे सुन टिप्न पाईन्छ ।
१५. भनु भने मुख मैलो नभनु भने रित्तो थैलो ।
१६. च्याउ झै गुट आपतमा फुट
१७. ध्यान गरे ज्ञान पाईन्छ ।
१८. खाजा नहुनेका फाँका ठुला ।
१९. महको लोभले मौरी नमार्नु ।
२०. खाँचो टर्यो दु:ख बिर्स्यो ।
२१. जराले हलो रोक्छ गोरु कुटेर के हुन्छ ?
२२. भाषण त छ तर राशन छैन ।
२३. जोत्ने गोरुलाई धुलो न हिलो ।
२४. मीठो खानेलाई रोगै रोग नमिठो खानेलाई भोकै भोक ।
२५. असोजमा पानी धान हुने मनमानी ।
२६. सपना बिर्सेकै राम्रो ॠण तिरेकै राम्रो ।
२७. सच्चाको बोलबाला झुट्टाको मुखकाला ।
२८. भाग्ने मान्छेलाई बाटो चाहिंदैन ।
२९. दशैंको सोंच अगाडि नै गर्नुपर्छ ।
३०. दस तिरको जोहो एकतिरको लहना ।
३१. इतिहासका पानामा भुतको कथा ।
३२. देख्नाको राम्रो खान लाग्यो चाम्रो ।
३३. तीनै लोक चहारेपनि घरै प्यारो ।
३४. यशो गर्यो उसो गर्यो सबै कुरो पैसो ।
३५. फुल टिप्नु हाँगा नभाँच्नु ।
३६. दिनेको हात माथी लिनेको हात तल ।
३७. काँचो खरमा आगो लाग्दैन ।
३८. दशौको टीका र जमरा ।
३९. इष्ट भनेको लाख धन भनेको खाक ।
४०. बर्षाको यात्रा आफ्नै ज्यानको जात्रा ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

Comments