४७७. उत्तराधिकारी पुत्रको बिबाह गर्दिए पछि ।। आफ्नो कर्तव्यको भारी बिसाउँथे त्यै घरी ।।

उत्तराधिकारी पुत्रको बिबाह गर्दिए पछि ।।
आफ्नो कर्तव्यको भारी बिसाउँथे त्यै घरी ।।

Me with my son बिशेष अधिकारी ❤️

मात्र चौधै बर्ष छँदा दुर्भाग्यवश पिता गुमाई ।
शिक्षा र वृत्ति पुर्ण भो अनेकन दु:खकष्ट पाई ।।
कर्तव्यबोध गरि बाबुको केहि जिम्मेवारी गरिपूरा ।
जीवन तपस्या जस्तैः गरि चौतर्फी हटाई अँधेरा ।।१।।

उच्च शिक्षा प्राप्ति र निजामती सेवा - यात्रा ।
अथक योद्धा जस्तैः बनी जीवन संघर्ष कथा ।।
वैवाहित जीवन आफ्नै रोजाइ र खोजाईमा ।
अविचलित बनि हिंड्दै सत्यको मुल पथमा ।।२।।

छोरीको कन्यादान पश्चात्  सेवा निवृत्त भै ।
घरबासस्थान परिपाटी तालमेल सब मिलाई ।।
उत्तराधिकारी पुत्रको बिबाह गर्दिए पछि ।
आफ्नो कर्तव्यको भारी बिसाउँथे त्यै घरी ।।३।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
सोमबार, १४ कार्तिक, २०७९ October 31, 2022


Comments