४७६. दशै पनि खाली तिहार पनि यस्पाली ।

दशै पनि खाली तिहार पनि यस्पाली ।

📝 वसन्तराज अधिकारी 
                                     घोराही, दाङ       

उदयपुरका प्युठानी अधिकारी
छैटे भ्रातृसमुह सन्तान सन्तति ।
प्युठान, दाङ, बाँके बर्दिया छरिई
भारत प्रवासिएका अनेकौं थरि ।।
                ।।१।।
दशै तिहार जस्ता ठुला चाडबाड
घरघरमा आउँछ खुशीयाली भरि ।
मृत्यु संस्कार जुठो वा जन्म सुतक
आइहाल्छ फ़ेरि आकस्मिक मेघ सरि ।।
                   ।।२।।
शोक जुठो वा जन्म सुतकका घडी
कुनै पनि शुभ कार्य बर्जित हुन्छ फ़ेरि ।
एउटै बंश वृक्ष सात पुस्ता जुठो बारि
दशै पनि खाली तिहार पनि यस्पाली ।।
                   ।।३।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।

Comments