४६७. समसामयिक व्यङ्ग्य कविता ऎलेको हिले दशै भन्दा त ! हाम्रो पालाको धुले दशै राम्रो !!।।

समसामयिक व्यङ्ग्य कविता                                                  
ऎलेको  हिले दशै भन्दा त !
हाम्रो पालाको धुले दशै राम्रो  !!।।
                   

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ 
               

हामी सानो बालक छँदा
करिब पचपन्न बर्ष अघि ।
असार साउनमा भारी 
झरी वर्षा हुन्थ्यो ।।
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा ।
भवानीको भयो पुजा
चल्यो आनन्दको वर्षा ।।
यस्तै सुन्दर दशै कविता पढेर ।
हामी पनि विद्वान् पनि भैयो ।।
खै अब त समय उल्टियो ।
असोजे झरी बेजोड छ ।।१।।
एउटा कुरो !
स्नातक र स्नातकोत्तर राजनीतिशास्त्र पढदासम्म
अर्थात् बिक्रम संवत् पचास - चौवन्न साल ताका ।
राजनीतिशास्त्र कला हो कि बिज्ञान भन्ने बिषयमा
गहन संश्लेषण हुन्थे सारमा मौसम बिज्ञान जस्तैः
केही हदसम्म मिल्ने केहि मिल्दै पनि नमिल्ने ।।
त्यतिबेला आज घाम लाग्छ भनेपछि पानी पर्थ्यो ।
गणित र भौतिक बिज्ञान जस्तैः अहिले ठ्याक्कै  मिल्छ ।
चार पाँच दिन अगाडि मौसमवीद्ले भबिस्यबाणी गर्याथे ।
दशैमा झरी पर्छ धान नकाट्नु हिउँदे बाली नछर्नु भनेर ।।
हुन त !!!
विकसित देशमा राजनीतिक बिज्ञान पनि मिल्छ ।
हाम्रोमा राजनीतिक बिज्ञान पनि कहिल्यै मिल्दैन ।।
अब मौसम मिले पनि असोजे झरीले के फाईदा देला र !!
यो भन्दा  बरु पहिला हाम्रो पाला जस्तैः नमिलेकै जाति ।।२।।
तसर्थ !
अब खेतीपाती चक्र परिवर्तन गर्नुपर्ने पो हो कि ।
प्लास्टिक र बोरामा चामल किनेर खानेलाई के चिन्ता !! ।।
खेतीपातीको सुर्ता नभएपनि एउटा चिन्ता अवश्य छ ।
ऎलेको  हिले दशै भन्दा त !!
हाम्रो पालाको धुले दशै राम्रो  !!!।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल
बडा दशै बुधबार १९ असोज २९७९ शुभम् ।

Comments