४६४. सन्दर्भ : संविधान दिवस २०७९ संविधानका कालाअक्षर आफै कसरी बोल्छन र ? ।।

         सन्दर्भ : संविधान दिवस २०७९
संविधानका  कालाअक्षर आफै कसरी बोल्छन र ? ।।             

✍️ वसन्तराज अधिकारी
                                 घोराही, दाङ, नेपाल 

वर्षा खेतीपाती सकिने समयसम्म मल बिउ सम्म नपाउने
गरिब भुमिहिन वास्तविक सीमान्तकृत किसानलाई  सोध ।
स्वदेशी भुमिमा प्राप्ति हुने श्रमिक मजदुरीको अभावमा
विदेशमा जान बाध्य भएका दु:खी नेपालीलाई  सोध ।।१।।

शैक्षिक सत्र पूरा हुँदा सम्म पनि पाठ्यपुस्तक अभावमा
पढाइमा कठिनाई व्यहोर्नुपर्ने सरकारी विद्यार्थीलाई सोध ।
पहुँच, पावर  र पैसाको सेटिङ मिलाउनवाट टाढिएका 
राष्ट्रसेवक इमान्दार बफादार सर्कारी कर्मचारीलाई सोध ।।२।।

गठबन्धनवाट सत्ता, शक्ति र सामर्थ्य हाँसील गर्न असमर्थ 
ससाना सरल इमानदार राजनीतिक दलहरुलाई सोध ।।
देशभक्त सच्चा प्रत्येक नेपाल आमाका सन्ततीहरुलाई
आग्रह पुर्वाग्रह दुराग्रह नराखेर इमानदारीपुर्वक सोध ।।३।।

राष्ट्रको मुल कानुन अत्यन्त उत्कृष्ट नेपालको संविधान
संरक्षक राष्ट्रपतिलाई दिवसको सार्थकता के हो भनेर ।।
छैन भने जनताको सरकार छ, छभने कहाँ कस्लाई छ ।
राजा फालेर मात्र के गर्नु सत्तामा जोपुग्यो त्यहीँ राजाभो ।।४।।

बिदेशी इशारामा नाच्ने मतान्ध पुराना थोत्रा नेतृत्व गण ।
अब त बुढा पाका ले आराम गरेर युवालाई अघि सार्नुपर्ने हो ।।
एउटैपात्र दर्जनौंपटक मन्त्री प्रधानमन्त्री बनेर यथास्थितिवादी ।
पुरातनवादी कठमुल्ला ठालुवादलाई बिदा गर्नु जरुरीभो ।।५।।

हामीजनता भेडैभएर होकि व्यवस्थाको माखेसाङ्ग्लो जस्तैः  ।
सातसालमा प्रजातन्त्र ल्याएपनि सत्तरी बर्षसम्म उस्ता उस्तै ।।
जताततै कुशासन बेथिति र चरम भ्रष्टाचार हुँदाहुँदै पनि मौन ।
गरिब दु:खीलाई सधै दु:खै दु:ख टाठाबाठालाई सधै चैन ।।७।।

फ़ेरि चुनाव आउँदैछ यो पनि जनता झुक्याउने जाल रैछ ।
आश्वासनका गुलियो पोका देखाएर शक्ति हत्याउने दाउरैछ ।।
मनाईरहन्छौं सगौरब हामी हरेक बर्ष हाम्रो संविधान दिवस ।
व्यवस्था परिवर्तन मात्र भएर  क्यार्नु अवस्था सधैं उस्तै ।।८।।

संसद गठबन्धनमा अदालत सेटिङमा सरकार पाटीमा भए ।
अब के हुन बाकी रहेकोे छ बबुरा जनता उठिबास नभए ।।
असहाय जनता जनार्दन आफ्ना दु:ख कसरी खोल्छन्  र ।।
संविधानका  कालाअक्षर आफै कसरी बोल्छन र ? ।।८।।

📝 वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
संविधान दिवस, २०७९

Comments