हजुर म हुँ एक निवृत्त निजामती
✍️ वसन्तराज अधिकारी, घोराही, दाङ । |
दिन रात समान ठाने कसैको आश भरोसामा
आहा ! लोकसेवा पढे । फ़ेरि चाहिएन नि केहि ।
सहायक कर्मचारीदेखि स्वसामर्थ उर्जा जाग्रीत गरे
प्रमुख "हाकिम" सम्मभए ।। असम्भव पनि क्यै छैननि ।।
अथक मेहनत र परिश्रम गर्दै उपत्यका र क्षेत्र जिल्ला
सधैं अघि बढे असहज चिर्दै । स्थानीय तह पालिका ।
आफ्नै बल बुता बुद्धि बर्कतले सम्झन्छु गौरव अतीत ऎले
आफ्नै सामर्थ्यको भरमा अडे ।। दिन उर्जाशिल बैंशका ।।
अब भने क्रमशः बुढेसकालले
घेर्दै घेर्दै अंगालोमा ल्याउँछ फ़ेरि ।।
अस्ति बा को हिजो दाइको
आयो आज फ़ेरि मेरो पालो ।
भोलि भाइको पर्सि छोराको
झन पर्सि आउँछ नि नातीको ।।
गौरव लाग्छन् सम्झी ल्याउँदा
व्यतीत सुन्दर संघर्षरत अतीत ।
लाग्छ मलाई गाउन मीठो गीत ।।
अब सक्रिय राष्ट्रसेवा विश्राम गति ।
हजुर म हुँ एक निवृत्त निजामती । सन्दर्भ : निजामती सेवा दिवस २०७९
Comments
Post a Comment