४६१. अब हामी कसरी मनाउँ विश्वकर्मा बाबा हजुर्को सार्थक जन्म जयन्ती पनि !! ?

अब हामी कसरी मनाउँ विश्वकर्मा  बाबा हजुर्को सार्थक  जन्म जयन्ती पनि !! ?           

✍️ वसन्तराज अधिकारी
                   घोराही उपमहानगरपालिका, दाङ, घोराही 
                 

देवताका शिल्पी ॠषिश्वर ।
मुर्धन्य वास्तुशास्त्री हस्ती ।।
परमपुज्य विश्वकर्मा बाबा ।
राष्ट्रिय बिज्ञान दिवस पनि ।।
बाबा !
हजुरले तेत्तीस कोटि देवी देवताका ।
हात हतियार शहर बनाउनु भो ।।
हजुरहरुले हस्तान्तरण गरेका ।
शहरहरु हामी कुरुप बनाउँदै छौ ।।
बाबा !
हामीले भताभुङ्ग बिगार्दैछौं ।
सद्बुध्दी दिनुहोस् हाम्लाई ।।
यी केटाकेटीले बिगारेछन् पनि ।
माफी दिनुस् अन्जान जस्तैः ठानी ।।
बाबा !
हामीले सुन्दर गाउँघर खेतीपाती ।
बिगारेर मरुभूमि शहर बनायौं ।।
नदि नाला ताल तलैया पुरेउ ।
सिमेन्टको खंडहर बनायौं ।।
बाबा !
हजुरका सन्तति भएर पनि ।
न वास्तुशास्त्र पद्धति अपनायौं ।।
युरोप अमेरिकावाट आयातित ।
सैद्धान्तिक शिक्षा ग्रहण गरेउ ।।
जे मन लाग्यो त्यहीँ गरिरह्यौं ।
ध्वस्त पारी बिनाश पनि गरेउ  ।।
अब आची गरिसके पछि फ़ेरि ।
हेर्दा खेरि दैलो पनि देख्यौं ।।
बसुन्धरा जननी धर्तीमाता ।
आहा ! सुन्दर सृष्टि संरचना ।।
चराचर जीव जन्तु वनस्पति ।
पारिस्थितीक प्रणाली मिलि ।।
बाबा !
आफ्नै कर्म कर्तुतको फल भोग्दैछौं ।
न त समयमा यथेष्ट वर्षा हुन्छ ! ।।
न त प्राकृतिक शान्ति र आनन्द छ !! ।
नानाथरी रोग व्याधी उब्जेको छन् ।
भोगेका छौँ जीवन कष्टकर बनि ।।

अब हामी कसरी मनाउँ विश्वकर्मा बाबा ।
हजुरको सार्थक  जन्म जयन्ती पनि !!? ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°                                  विश्वकर्मा पूजा/ कन्या संक्रान्ति/राष्ट्रिय चलचित्र दिवस/राष्ट्रिय  बिज्ञान दिवस/वास्तु दिवस/महालक्ष्मी व्रत समाप्ति                   शनिबार, असोज १, २०७९ तदनुसार   Sep 17, 2022 

Comments