४४१. पाँच बर्षको पुर्णSवधि पश्चात् मंसिर ४ मा फ़ेरि चुनाव आयो ।

पाँच बर्षको पुर्णSवधि पश्चात् मंसिर ४ मा फ़ेरि चुनाव आयो ।    

✍️ वसन्तराज अधिकारी
  घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल 

संघीय र प्रदेश सांसदको पाँचबर्षमा चुनाव फ़ेरि आयो ।
निर्वाचन आयोग र दलहरू पुनः जुरमुराउनु लायो ।।
न्यायाधीश जनता जनार्दनको जन अदालतमा आउ ।
अ-आफ्ना सक्कली मुहार र योजना रणनीति ल्याउ ।।१।।

व्यतीत पाँच बर्षे कार्यकालको समिक्षा हामी गर्छौं ।
खबरदारी गरेका छौँ झुट्को खेती छलछाम जो गर्छौं ।।
तिम्रो नमस्कार औपचारिक ढोगभेट पनि चाहिया छैन ।
गम्भीरता साथ मननगरि जनप्रेमी नेतृत्वको गर्दछौं चयन ।।२।।

तिम्रो हिसाब बहिखाता जनअदालतमा चुस्त दुरुस्त छ ।
दल मात्र होईन अब हाम्ले व्यक्ति पनि हेर्नुपर्ने हुन्छ ।।
परिवारवाद भ्रष्ट नेतृत्वका अन्धभक्त कार्यकर्ता बनि ।
छलछाम गरि ढाटढुट पारी देशको ढुकुटी हत्याउनी ।।३।।

देखि सक्यौं भोगी सक्यौ छ्द्म भेषि नौटङ्की चाला ।
सिद्धान्त क्यै छैन् गर्न पाए पुग्यो तिम्लाई सत्ता गोलमाल ।।
आफ्नो अनुकूल भै न भने असामयिक संसद भंग गर्छौं ।
कार्यकर्ता पोस्नु र भर्तीकेन्द्र बनाउन मरिहत्ते गर्ने गछ्यौं ।।४।।

मगन्ता छद्म जुन जोगी आएपनि याहाँ कानै चिरेका छन् ।
गुटबन्दी स्वार्थ भ्रष्टाचारको दलदलमा चुर्लुम्मै गिरेको छन् ।।
यथार्थ हिसाबकिताब गर्नुपर्छ अब हाम्ले जनताले के पायो ।
पाँच बर्षको पुर्णSवधि पश्चात् मंसिर ४ मा फ़ेरि चुनाव आयो ।।२

✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी, निर्वाचन आयोग, नेपाल
हाल : घोराही उपमहानगरपालिका वार्ड १७ दाङ, नेपाल
शनिबार, साउन २१, २०७९ शुभम् ।

Comments