४५२. "बा" ! हजुरको महान बलिदान बिर्सिएर ।।

"बा" ! हजुरको महान बलिदान बिर्सिएर ।।           

बुबा स्व. बलदेवप्रसाद अधिकारीको साथमा म 

बा ! हजुरको बिज वाट निर्मित
आफ्नै स्थुल देह बनेको छ ।
बा ! को याद नभएको कुन समय
घडी पल निमेषको मानक होला र  !!
२०२१ चैत्रदेखि २०३६ फागुनसम्म
पन्ध्र बर्षको हजुरसँग सहचार्य ।।
हजुरको काखको जेठो छोरो भएर
जन्मन पाउनु थियोे मेरो सौभाग्य ।
हजुरको साक्षात्कार संगति तत्वार्थ ज्ञान
यद्यपि पाईरहेछु "बा" को आशिर्वचन ।।
हजुर मवाट टाढाभएको पनि अहिले
त्रिचालीस बर्षको समयावधि व्यतीत भएछ ।।
               ।।१।।
बाउन्न हण्डर र त्रिपन्न ठक्करले
दह्रो बनेको मेरो तन मन मस्तिष्क ।
यसैले त सहज भैराछ जीवनयापन ।।
अध्ययन र वृत्ति पथका कठोर संघर्ष
घरदेखि टाढा बस्नुपर्दाका अनुभव ।।
पारिवारिक जिम्मेवारी कुशलता र
सहजता साथ निर्वाह पनि गरियो ।
केवल स्मृतिमा हजुरका धुमिल
विस्मृत तस्बिरहरु सजीव आउँछन् ।।
            ।।२।।
मजगैं - मजगाउँमा थियो जन्म घर 
गाईबस्तु भाउ र खेतीपाती थिए ।
सुन्दर शान्त र प्राकृतिक सरल जीवन
स्वअनुभव खेतीकिसानी पनि रह्यो ।
दुरदराज प्राथमिक बिद्यालय देखि
शिक्षा मन्त्रालय र सिंहदरबार सम्म
करिब चार दशक राष्ट्रसेवा  गरे ।
वृत्ति पथ शिक्षक र निजामती सेवामा ।।
              ।।३।।
"बा"! सँगको निकटतम भौतिक सम्बन्ध
अत्यन्त अल्प अवधि रह्यो तथापि ।।
"बा" को चालचलन रुचि स्वभाव
सबै मलाई  छर्लङ्ग थाहा भयो ।।
ठकुरी राजाहरुको संगतको प्रभाव
आधुनिक ब्राह्मण हुनुहुन्थ्यो "बा"
किन्तु अट्कोपट्को परिआउँदा
गरिदिनु हुन्थ्यो कर्मकाण्ड गाउँघरमा ।।
               ।।४।।
"बा" को रिक्तताको कालखण्डमा
उत्साही बनी संघर्षरत जीवन ।
आमाको अपार माया स्नेह यद्यपि छ
"बा" को आशीर्वचन प्राप्त भैरह्यो ।
भन्छन् पनि जानकार बुजुग्रहरु
आमा नभएको छोरा हुन्छन् टुहुरो ।।
"बा" नभएको छोरा हरदम सुरो ।
"बा" आकाश सरि हुनुहुन्छ आमा धर्ती ।।
मानव जस्तैः हौं हामी सन्तति
"बा" को सौर्य र आमाको धैर्य ।
जुन उर्जामा जीवन चल्दैछ सक्रिय
निर्मित मानव देह अत्यन्त प्रिय् ।।
आफ्ना सन्तानप्रति जति छौं बफादार
के गर्न सकेका छौँ र बा आमाको त्यति आधार ।।
उँधो माया हुदो रैछ श्रीमती र सन्तानतिर
सधैं दु:ख अभाव र संघर्षरत जीवन जीयर ।
कर्म आयु सकाएर अन्ततः आफै वृद्ध भएर
"बा" ! हजुरको महान बलिदान बिर्सिएर ।।२
              ।। ५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ दाङ, नेपाल ।
सन्दर्भ : कुशें औंसी "बा" को मुख हेर्ने दिन शनिबार, भदौ ११, २०७९

Comments