४४६. उखान उज्यालो कायाकैरन

उखान उज्यालो कायाकैरन

👦 वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

१. सित्तैका च्युरा बडा बडा फाँका
२. ला भन्नू जस्तो ले भन्नू हुँदैन ।
३. दहिको गोठालो चोर बिरालो ।
४. टालेको जाँघेलाई फालेको टाँक ।
५. जतन गर्न जान्यो जसले रतन पायो उसले ।
६. झिंगाले भारी बोक्छ न ओखर फ़ोड्छ ।
७. एक बिराउने शाखा पिराउने ।
८. चुहुनु भाडाले भान्सा बिगार्छ ।
९. काग र क्वैली छुट्याउने बोली ।
१०. हुलमुलमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनु  ।
११. कानुन न काईदा जीहजुरमै फाइदा ।
१२. तौलक्को राशन भाग पुराउनको शासन ।
१३. साउने सक्रान्ति मानियो बाँच्ने ढंग जानियो ।
१४. सुध्रिन्छ शासनले बिग्रन्छ भाषणले ।
१५. खनेर खानु बनेर लाउनु ।
१६. साउनमा जङ्घार नतर्नु, माघमा लेक नचढनु ।
१७. छरछिमेक हेरेर मान्छे चिनिन्छ ।
१८. बाच्छो खाने बाघले पाडो राख्दैन ।
१९. बिरालो गयो मुसाको राज ।
२०. भोको पेटलाई तातो खिर ।
२१. ती हुन न सिहुन मलाई मात्र दिउन ।
२२. बोट न बिरुवा नौ मुरी तोरी ।
२३. चाँदीको करुवामा पातको बिर्को ।
२४. टालेको भाडो कति दिन टिक्ला ।
२५. बेलामा बुद्धि नपुर्याउने पछि पछुताउने ।
२६. एकादशीको व्रतमा पेटभरि भात ।
२७. झमेला भन्दा अकेला बेश ।
२८. डुबेकालाई सिन्काले पनि ठूलो सहारा दिन्छ ।
२९. गाई न गोठ फुर्सा ओंठ ।
३०. सहनेको घर बास नसहनेको बनबास ।                                   ३१. मेला पर्खिन्छ बेला पर्खिदैन ।

✍️ संकलक
वसन्तराज अधिकारी
स्रोत : उज्यालो कायाकैरन
आइतबार २९ साउन २०७९

Comments