४५४. छँदैछम् नि हामी श्रीमतीका काले ।।

छँदैछम् नि हामी श्रीमतीका काले ।।  

@ Bullet Bro.

कहिले दिदीका घर                   दाइका घर, भाइका घर
फ़ेरि बहिनीका घर ।                 तल्ला घर, माथ्ला घर ।  
कहिले माइती घर                    संघ संस्था, समुहहरु                  
कहिले मावली घर ।                 फ़ेरि सरकारी कार्यालय ।
फुबुका घर अनि                      अझ राजनीतिक दलहरु र
भदा भदैका घर ।।१।।              तिनहरुका भ्रातृसंगठन ।।२।।  

ठुल्ठुला होटल लजमा चलिराछ
महिनौंदेखि हरित तीज महोत्सव ।
घरको द्वारपाले स्वास्नीका भाले
छँदैछम् नि हामी श्रीमतीका काले ।।३।।

Comments