४४४. संरक्षण गर्नुपर्ने भ्यागुतो प्राणी ।।

संरक्षण गर्नुपर्ने भ्यागुतो प्राणी ।।                                              
       ✍️ वसन्तराज अधिकारी


एउटा सरल गुणी जीव ।
ताल तलाउ खेतमा पाईने ।।
पट्यार लाग्दो ट्वार२ कराईरहने ।
हाम्रो साथी भ्यागुतो कति जाति ।।१।।

प्रायः एकै ठाउँमा बस्न रमाउने ।
असामयिक रूपमा  कराउने ।।
कराउँदै पट्यार लाग्दो ट्वार२ ।
भ्यागुतोका जाति प्रजाति ।।२।।

वातावरण शुद्धीकरण गर्ने ।
बिषाक्त हटाई स्वच्छ बनाउने ।।
स्वाभाविकै जीवन पनि त हो ।
प्रायः एकै ठाउँमा रमाईरहने ।।३।।

भ्यागुतोका संरक्षक हामी ।
हाम्रो पनि छ भ्यागुते बानी ।।
सर्पको आहारा बन्छन् यिनी ।
संरक्षण गर्नुपर्ने भ्यागुतो प्राणी ।।४।।

Comments