४४९. गम्भीरता पुर्वक बिचार्दा, यै चिन्ता लागिराछ !! ।

गम्भीरता पुर्वक बिचार्दा, यै चिन्ता लागिराछ !! ।

✍️ वसन्तराज अधिकारी, दाङ, घोराही 

मौसमविद भन्ने गर्थे, यससाल धेरै वर्षा छ ।
खुशी लाग्या थियो, खेतीपाती सर्पने भो ।।
साउन पनि सकियो, भदौ पनि लाग्यो ।
वर्षा सकिए जस्तैः लागिराछ हाम्लाई ।।
खेतीपाती धेरथोर छ, तर खेत बाझै छन् ।।
किसान दुःखि भए राष्ट्र, कसरी सुखी होला ?
गम्भीरता पुर्वक बिचार्दा, यै चिन्ता लागिराछ !! ।
                 °°°°°°°°°°°°°°°°°

Comments