४५०. तर धुर्त राजनीति जागा छ याहाँ माकुरेजाल बुन्न ।

तर धुर्त राजनीति जागा छ याहाँ माकुरेजाल बुन्न ।     

✍️ वसन्तराज अधिकारी 

सुनसान बढदैछ सघन रात छिप्पिदैछ
खुसी खुशी छन् कामकाजी मानिसहरू ।
अ-आफ्ना बासस्थानमा आनंद  बसेका छन्
आरामीको रात मस्त निद्रा थकाइ बिर्सेर ।।
बन्नेछन् फ़ेरि  नयाँ दिनका योजनाहरु
जीजिविषा र बिजिगिषाका जालभित्र ।।
दिनहरू ढल्दै ढल्दै जान्छन् र रात पछि
फ़ेरि उस्तै उस्तै नौला दिनहरु आउँछन् ।
पेशा जागीर घरव्यवहार यस्तै दैनिकी कर्म
यसैमा डुबेको छन् संसार मानेर यहि स्वधर्म ।।
बेइमानी झुट फरेब र फटाही पनि साथसाथै छन्
तर धुर्त राजनीति जागा छ याहाँ माकुरेजाल बुन्न ।
                        ❤️❤️❤️❤️❤️

Comments