४४८. यश जुनिमा सिंहदरबार छिरिन्न ।।

यश जुनिमा सिंहदरबार छिरिन्न ।।

✍️ वसन्तराज अधिकारी,घोराही, दाङ 

सरकारी निजामती सेवामा
सिंहदरबार भित्र पनि छिरे ।
दरबार ठूलो भएर  क्यार्नु !
उकुसमुकुस छट्पटी हुन्थ्यो  ।।
सरकारी जागीर छउन्जेल ।
कहिले भित्र कहिले बाहिर ।।
अब आमाको गर्भवासवाट
जन्मेर बाहिर आए जस्तैः ।।
सदाका लागि बाहिरिए ।।
अब सरकारी कर्मचारी भएर ।
यश जुनिमा सिंहदरबार छिरिन्न ।।

Comments