४३६. कोरोनाकै लाग्छ डर रुघाखोकी लाग्दा पनि ।

कोरोनाकै लाग्छ डर रुघाखोकी लाग्दा पनि ।            

✍️ वसन्तराज अधिकारी, दाङ, घोराही 

स्वास्थ्य नै हो ठूलो धन शरीर हो जीवन्त मन्दिर ।
स्वस्थ्य तन मन भए मात्र हजुर बदलिन्छ तक्दिर ।।
सुन्दर यो संसारमा रमौ रमाउँ सदा खुशीसुखी बनि ।
कोरोनाकै लाग्छ डर रुघाखोकी लाग्दा पनि ।।

खासमा भयौं हामी पनि कोरोना कालका प्राणी ।
भयावह डर मै वितिराछ हाम्रो सारा जिन्दगानी ।।
महाविपत्ती भएर आयो कोरोनाकाल कहर बनी ।
कोरोनाकै लाग्छ डर रुघाखोकी लाग्दा पनि ।।

बुझ्नुपर्छ एक बारको अमुल्य हो यो मानव जुनी ।
किन्तु हामी हेलचेक्र्याई गरि खुशी मानी रमाउनी ।।
फ़ेरि नियमित प्रक्रियामा सामान्य बिमार हुँदा पनि ।
कोरोनाकै लाग्छ डर रुघाखोकी लाग्दा पनि ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।

Comments