४३४. नारीको हरियो चुरा मेहन्दी र शिवजीको साउन महिना !!!

नारीको हरियो चुरा मेहन्दी र शिवजीको साउन महिना !!!

✍️ वसन्तराज अधिकारी साथमा श्रीमतीजी 

श्रावण महिनावाट प्रारम्भ हुन्छन् चाडपर्वहरु ।
हिन्दुहरुको पवित्र महिना बिशेषत: सोमबार ।।
सम्पुर्ण आफन्त साथीभाइ मित्र र आफन्तहरूमा
कर्कट संक्रान्ति लुतो फाल्ने दिन गुरिया पर्वको शुभकामना !!!

श्रावण महिना भगवान शिवजीको महिना
निलकण्ठ भगवानको स्मरण आराधना ।
मिथुन राशीवाट कर्कट राशीमा सुर्यले परिक्रमा
सुर्य दक्षिणायन लुतो फाल्ने दिनको प्रचलन ।।
आदिवासी थारु जातिको गुरिया पर्व महिमा ।
खेतीपाती करना मिठ मिठ खैना मनैना ।।

असार महिना सकिएर श्रावण शुरुआत भएको छ
परन्तु बर्षेको छैन आकाश  पर्याप्तरूपमा  वर्षात् ।
अधिकांश जमीनमा खेतीपाती भएको छैनन् ।
दाङ लगायतका क्षेत्रमा भयावह बर्षे खडेरी व्याप्त छ ।।
याहाँ आक्रान्त दु:खी छन् धर्ती पुत्र किसानहरू ।
जलवायु परिवर्तनको दुश्प्रभावको परिणाम वा
मौसममा असामयिक परिवर्तनको संकेतिक प्रभाव  ।।

पहिला पहिला घर घरमा स्थानीय तिउरी पिधेर
हात खुट्टामा लगाउँने गर्थे  हिन्दु महिलाहरु ।
आजकाल भारतीय बजारवाट आयातित  रेडिमेड
प्लास्टिकको कोन्मा भरेका श्रृङ्गारपटार गर्छन् ।।

कृत्रिमता देखासिखि आडम्बरीको बढोत्तरी
रमाउन खोज्छन् आफ्नोपन बिर्सिएर भै सतही ।
प्राकृतिक सादृश्य सुन्दरता दुर्लभ भएका छन्
बनावटी श्रिङ्गार्पटारमै मस्त छन् आधुनिक नारीहरु ।।२।।

एकातिर राष्ट्रिय धनको दुरुपयोग बढदोछ् ।
यसले अन्ततः व्यापार घाटा परनिर्भरता बढाउँछ ।
तसर्थ हरिया चुरा र श्रिङ्गार् र आयातीत कपडाहरु
बहिष्कार गर्नुपर्ने प्रतिदिन माग बुलन्द बढदोछ् ।।

जताततै हरियो र पहेँलो चुरा र कपडालत्ता गरगहना
कलकल गर्दै खेतको आलीमा बगेको अविरल ध्वनि ।
नद नदी खोलाहरुमा मनोरम पानीको सुसाहटको आनंद
नारीको हरियो चुरा मेहन्दी र  शिवजीको साउन महिना  ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
आइतबार, साउन १, २०७९ शुभम् ।

Comments