४२९. गर्छु म योग …………।

गर्छु म योग …………।     

Me वसन्तराज अधिकारी

गर्छु म योग
बन्छु निरोग ।
सदैव सात्विक
जीवन भोग ।।१।।

प्रात: काल उत्तम
योगाभ्यास जीवन ।
भौतिक शरीर नश्वर
ध्यानगरौं ईश्वर ।।२।।

अन्ततः एक्लै जन्मेर
चार दिन सुख भोगेर ।
जानू छ वायु वेगमा
कहिल्यै नफर्कने भेषमा ।।३।।

नाता हजारौं सांसारिक
लोकाचार माफिक ।
राखेर शुद्ध ह्रदय
बन्नु छ अध्यात्मिक ।।४।।

भौतिक जीवन जगतको
भोग सकिएपछि ।
उडेर जान्छ यो प्राण
बनाउनुछ सद्गती ।।५।।

बुझेर दर्शन जीवनको
गरौं नियन्त्रण मनको ।
लगाम लगाउँ योगमा
त्यागेर सुख भोगमा ।।६।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल
शुक्रबार, असार २४, २०७९

Comments