४२६. अध्यात्मिक सुख

अध्यात्मिक सुख       

            ✍️ वसन्तराज अधिकारी 

भौतिक भोगको तृष्णा हुन्छ
छँदा खेरि उमेर बैँस ।
दिन ढल्दै गएपछि चाहना
अध्यात्मिक सुख सन्तोष ।।

जवानीमा उग्रवादी हुन्छन्
प्रायः सबै मानिसहरू ।
क्रान्तिकारीताको बिगुल फुक्छन्
गर्छन् ठुल्ठुला भाषणहरु ।।

ईश्वर चिन्तन शान्ति जीवन
सुखद यात्रा अध्यात्मिक ।
सहज मुक्ति मार्ग पनि मिल्छ
बन्छ मानव जीवन सार्थक ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
सोमबार २० असार २०७९ शुभम् ।

Comments