४३८. चुनाव फ़ेरि आउँदैछ राजनीति तात्दै छ ।

चुनाव फ़ेरि आउँदैछ राजनीति तात्दै छ ।      

✍️ वसन्तराज अधिकारी
                                 घोराही, दाङ, नेपाल 

राम्रा गहकिलो दुरदृष्टी भन्दा पनि धेरै ।
अर्कोलाई खुईल्याउने गोरखधन्दा गरेरै ।।
सबैभन्दा उत्तम खेती राजनीति खेल ।
ठुलो नेतृत्व त्यै बन्दछ जो गर्छ जालझेल ।।

सत्ताकै खेल रैछ जनसेवा फगत नारा ।
गम्भीरता साथ सोच्नुपर्छ दिने अभिभारा ।।३।।
पाटीहरु खुलेका छन् याहाँ झरी च्याउ सरि ।
उधारो सपना बाँडदैछन् पेटै अघाउने गरि ।।

जस्ले सक्छ युवाको मन मस्तिष्कमा पस्न ।
त्यस्ले पाउँछ यो देशको जिम्मेवारी बोक्न ।।
बर्षौबर्ष कुम्भकर्ण भै सुतेका जनता जाग्दैछ ।
चुनाव फ़ेरि आउँदैछ राजनीति तात्दै छ ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल ।
शुक्रबार, साउन १३, २०७९ शुभम् ।

Comments