४३५. अनिवार्य अवकाशप्राप्त पश्चात् : एक बर्ष

अनिवार्य अवकाशप्राप्त पश्चात् : एक बर्ष   

✍️ वसन्तराज अधिकारी

धेरै सुख थोरै दु:ख रैछ जागीरको
निरन्तरता बन्धन छुटेपछि ।
तालुखुईले टाउकोलाई काँगियो
हाँसील सारा अनुभव जति ।।
            ।।१।।
पुराना पात झर्दै झर्दै जान्छन्
फ़ेरि नयाँ पालुवाहरु पलाउँछन् ।
यहीँ शाश्वत नियम प्रकृतिको
मानिसमा पनि लागू हुन्छन् ।।
            ।। २।।
दु:ख लाग्छ योग्यता अनुभव थन्के
सुपरिवेक्षक सहकर्मी सहयोगी छुटे ।
तथापि तनाव रहित जीवनयापन ।
अब निवृत्त योगको रसमा डुबें ।।
             ।।३।।
हिजोको याद जस्तैः लाग्छ हजुर
निजामती सेवा जागीर खाको ।
पुरापुर एक बर्ष पनि व्यतीत भो 
अनिवार्य अवकाशप्राप्त भाको ।।
             ।।४।।
पेन्सनको दुई गाँस सरकारकै आश
थात थलोमा बास र कपास मिलाइन्छ ।
घर छोडेको चारदशक अन्तराल पछि
दुई बर्ष भित्रै मिल्छ बाँकी सबै परिपाटी ।।
                ।।५।।

✍️ वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार
हाल : घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
बिहिवार श्रावण ५, २०७९ शुभम् ।

Comments