४३३. कर्कट संक्रान्ति, लुतो फाल्ने दिन, गुरिया पर्व

कर्कट संक्रान्ति, लुतो फाल्ने दिन, गुरिया पर्व

✍️ वसन्तराज अधिकारी 
                                  घोराही, दाङ, नेपाल 

यश बर्षको चौथो महिना
कर्कट संक्रान्ति ।
लुतो फाल्ने दिन र थारु जातिको
गुरिया पर्व ।।
हरियाली हरा भरा पर्व
वर्षा ॠतु शुभारम्भ ।
कालो साउन बाढी पहिरोको
हुन्छ आतंक ।।

महाकालेश्वर शिवजीको
प्रिय् महिना साउन ।
बर्षाका देवताले खेतीपाती
परिपुर्ण गरुन् ।।

अति वृष्टि अनावृष्टी हटेर
साउन बर्षिउन ।
जल देवता बरुणजी र इन्द्रदेवले
सहकाल ल्याउन ।।
सडक सञ्जाल बाटा घाटा
नद नदी नालाहरु ।
मर्यादापुर्वक संयमित रुपमा
सीमाबध्द बनुन ।।
आदिवासी थारु जातिको
गुरिया पर्व महिमा ।
मिठ मिठ खैना मनैना ।।

फ़ेरिन्छ मास "महिना" भनियो सक्रान्ति ।
रमाइलो लाग्थ्यो सानोछँदा खेरि ।।
एक बर्षमा बाह्र वटा पर्छन् सक्रान्ति ।
आज सक्रान्ति भोलि भक्रान्ति पर्सि डाङडुङे ।।
निरोगी सबै हुन् सबै हुन् सुखिया
सबै बेश देखुन नहोउन क्वै दुखिया ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
शनिबार ३२ असार, २०७९ शुभम् ।

Comments