४३१. आहा ! यो तन बुढ्यौली मन झन२ तन्नेरी ।

आहा ! यो तन बुढ्यौली मन झन२ तन्नेरी ।                 

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ 

ए युवा ! छोराछोरी नातीहरु हो ।
म पनि त थिए लक्का तन्नेरी ।।
जवानी बैँस छँदा गर्थे अन्नेरी२ ।
आहा ! यो तन बुढ्यौली मन झन२ तन्नेरी ।।
               ।।१।।
तिमेरुलाई लाग्दो होला सधैं यस्तै ।
बूढो पनि भइन्न र मरिन्न कहिल्यै ।।
यहीँ त हो नि नौजवान मोजमजा ।
आहा ! यो तन बुढ्यौली मन झन२ तन्नेरी ।।
                 ।।२।।
थाहै नभै बिते युवावस्था र प्रौढावस्था ।
दैलो ढकढक्याउन थाल्यो बृद्धअबश्था ।।
अब सम्झनामा फगत ताजा चलचित्र सरि ।
आहा ! यो तन बुढ्यौली मन झन२ तन्नेरी ।।
                   ।।३।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं. १७ पनौंरा, दाङ
मंगलबार २८ असार २०७९ शुभम् ।

Comments