४३०. गर्नुपर्दछ सदैव मानव धर्म ।।

गर्नुपर्दछ सदैव  मानव धर्म ।।            

Me वसन्तराज अधिकारी
                                घोराही, दाङ, नेपाल 

जीवन एउटा यात्रा रहेछ ।
हामी अनन्त यात्री रहेछौं ।।
सञ्चित पुण्य कर्मले मात्र
उत्तम मानव चोला पाएछौं ।।

यहीँ छ स्वर्ग र नर्क पनि ।
देव लोक अनि मुक्ति धाम ।।
तृष्णाको बैतरणी सके तर्न ।
पुगिन्छ सहजै बैकुण्ठ धाम ।।

आफ्नै शरीर रुपि मन्दिर पाई ।
वाणिमा सदा सरस्वती गाई ।।
यश पृथ्वी तलमा रहँदा सम्म ।
गर्नुपर्दछ सदैव  मानव धर्म ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ दाङ, घोराही, नेपाल
सोमबार २७ असार २०७९ शुभम् ।

Comments