४२५. आफ्नै जन्मभूमि ।।

आफ्नै जन्मभूमि ।।
                              

Me वसन्तराज अधिकारी, घोराही, दाङ, नेपाल 

आफ्नै जन्मभूमि र जन्मदाता जननी सदैव छन् । १
परम पवित्र उच्च आदरणीय महान गरिमामयी ।। २
अभ्यन्तर ह्रदय भित्र जीवन्त इतिहास सजिएका । ३
वात्सल्यता स्नेहमयी महान आनन्द सुखदायीनी ।। ४
परम श्रध्देय पिताको पौरख जननी माताको रक्षा । ५
यहीँ भुमिमै भयो प्रारम्भिक र माध्यमिक शिक्षा ।। ६
बेला बखत निहुराई शिर अत्यन्त आस्थाका साथ । ७
स्वतस्फूर्त रुपमा आउँछु याहाँ पाउन आशिर्वाद ।। ८
आधा शताब्दीको इतिहास सम्झन्छु चलचित्र सरि । ९
झसङ्ग हुन्छु फ़ेरि वर्तमानमा आफुलाई पाउँदा खेरि ।। १०
समय कालक्रम कसरी अनवरत व्यतीत हुँदोरहेछ । ११
साँच्चै जीवन मृत्युका कालक्रम गति यहीँ नै रहेछ ।। १२
किसानको पौरख र पसिना खर्चने वर्षा ॠतुको पुर्व । १३
धर्तीको सुगन्ध मगमगाउँछ यहीँ भुतलमा छ स्वर्ग ।। १४
टाढा टाढा हुँदा  सम्झनाका तरेलीहरु आउँथे सपनामा । १५
सुन्दर आँखा वरिपरि अब त सजीव छन्  बिपनामा ।। १६
घुमियो देश परदेश अध्ययन वृत्ति राष्ट्रसेवा गर्दै रहि । १७
परन्तु स्वर्गभन्दा उच्च यहीँ रहिछन् आफ्नै जन्मभूमि ।। १८.

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
बिहीबार १६ असार २०७९ शुभम् ।

Comments