४२०. महङ्गीले मारले जनताको ढाड सेक्छौं जानीजानी !!!

महङ्गीले मारले जनताको ढाड सेक्छौं जानीजानी !!!                

Me वसन्तराज अधिकारी 
                                                                                    शासक बर्ग ठालुलाई सदैभरि रहेछ यहाँ मस्ति ।                      मज्दुर किसान गरिबवर्गलाई सधैं हुन्छ शास्ति ।                  जनमतको अभिभाराले राजनेता चुनेर पठाउने ।                        सत्ता मोजमस्तिमा नेतृत्व कहिल्यै न अघाउने ।।१।।

राज्य सत्ता रहेछ जनतालाई थापेको गलपासो ।
असार महिनामा मल छैन नेतागणलाई हाँसो ।
कि त गर्ने राजनीति फ़ोहोरि खेल कि सत्ता संघर्ष ।
कति सेक्छौं जनताको ढाड अब त भो उत्कर्ष ।।२।।

भ्रष्टाचार नियन्त्रण गरि सुशासन महङ्गी घटाउने ।
यस्ता महत्वपूर्ण सवाल कहिले होला सल्टाउने ।।
कुर्सी दौडमा रमेका तिकड्म चाल निम्छरा प्राणी ।
महङ्गीको मारले जनताको ढाड सेक्छौं जानीजानी !!!।।३।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ, नेपाल
सोमबार, ६ असार २०७९ शुभम् ।

Comments